Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

कर्णालीका मुख्यमन्त्री शाहीद्वारा विश्वासको मतको लागि प्रस्ताव पेस

२०७८ मंसिर १४
tribeni2

सुर्खेत / कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिनका लागि प्रदेश सभाको बैठकमा प्रस्ताव पेस गर्नुभएकाे छ ।

आज मङ्गलवार बसेको हिउँदे प्रदेश सभाको बैठकमा मुख्यमन्त्री शाहीले विश्वासको मत लिनका लागि प्रस्ताव पेस गर्नुभएकाे हाे ।  

मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिइ सक्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ । मुख्यमन्त्री शाही तीन दलीय गठबन्धनको समर्थनमा गएकाे कात्तिक १६ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएकाे थियाे ।  

उहाँले विश्वासको मत भने भोलि बुधवार लिनु हुनेछ । प्रमुख प्रतिपक्ष दल एमाले उपस्थित नभएकाले विश्वासको मत भोलि लिने प्रदेश सभा सचिवालयले जनाएको छ । बैठक भोलि १ बजेसम्मका लागि स्थगित भएको छ । 

प्रकाशित मिति: मंगलबार, मंसिर १४, २०७८  १७:११
प्रतिक्रिया दिनुहोस्