Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

प्रेस सेन्टर नेपाल कर्णाली प्रदेशको अध्यक्षमा 'प्रतिक इच्छुक' चयन

२०७८ मंसिर १४
tribeni2
  • गोपालसिं खड्का

सुर्खेत / प्रेस सेन्टर नेपाल कर्णाली प्रदेशको अध्यक्षमा सल्यानका प्रतिक इच्छुक शर्मा भट्टराई चयन हुनुभएको छ ।

मंगलबार कर्णाली प्रदेशको राजधानी सुर्खेतको विरेन्द्रनगरमा भएको सम्मेलनले इच्छुकको अध्यक्षतामा ४१ सदस्यीय नयाँ प्रदेश कमिटि चयन गरेको छ ।

सम्मेलनले प्रेस सेन्टर नेपाल कर्णाली प्रदेशको बरिष्ट उपाध्यक्षमा रुकुम पश्चिमका गणेश कुमार शेर्पाली, उपाध्यक्षमा जुम्लाका पूर्णप्रसाद चौलागाईलाई चयन गरेको छ । समावेशी उपाध्यक्ष भने अहिलेलाई रिक्त राखिएको छ ।

सम्मेलनबाट प्रमुख सचिवमा धर्मराज जिसी., सचिवमा तिलकराज ओली, विवश कुमार सेजुवाल, युद्यराज शर्मा, अर्जुनप्रसाद भट्टराई, उपेन्द्र न्यौपाने, देवका लामिछाने र तिल्सरा बि.क.लाई चयन गरिएको छ । प्रदेश समितिको कोषाध्यक्षमा गोपालप्रसाद रेग्मी चयन हुनु भएको छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर १४, २०७८  २१:११
प्रतिक्रिया दिनुहोस्