Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

भूमेमा पहिलो चौमासिकमा ११.५७ प्रतिशत बजेट खर्च

२०७८ मंसिर १५
tribeni2

रुकुम पूर्व / जिल्लाको भूमे गाउँपालिकामा चालु आर्थिक बर्षको पहिलो चौमासिकमा ११.५७ प्रतिशत बजेट खर्च भएको छ । आज गाउँपालिकाको केन्द्र खाबाङ बगरमा आ.व. ०७८,०७९ को पहिलो चौमासिकको सार्वजनिक सुनुवाई गर्दै गाउँपालिकाले उक्त जानकारी गराएको हो ।

खर्च भएको बजेट मध्य चालुतर्फ १८.३ प्रतिशत र पुजिँगत तर्फ १.७३ प्रतिशत बजेट खर्च भएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत चन्द्रसिंह श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँपालिकाको चालु आर्थिक वर्षको कुल बजेट ४९ करोड ९१ लाख ८१ हजार ८ सय ८१ रुपैयाँमा अहिलेसम्म ५ करोड ९० लाख ४७ हजार ९ सय ९३ रुपैयाँ खर्च भएको छ ।

जसमा चालुतर्फ ५ करोड ५३ लाख ९ हजार ३ सय ६१ रुपैयाँ र पुजीँगततर्फ ३६ लाख ३८ हजार ६ सय ३५ रुपैयाँ खर्च भएको प्रमुख प्रशासकिय अधिकृत श्रेष्ठले बताउनुभयो । यो बजेट खर्च तुलनात्मक रुपमा कम भएको गाउँपालिकाले जनाएको छ ।

अहिलेसम्म गाउँपालिकाको आम्दानी भने १५ करोड १७ लाख ८४ हजार २ सय २१ रुपैयाँ रहेको छ । पहिलो चौमासीकमा योजना निर्माण, वार्षिक खरिद योजना तयारी, आयोजनाहरुको सर्वे, लागत अनुमान तयारी, सम्झौता, र आयोजना कार्यान्वयनको सुरुवात हुने हुदा बजेट खर्च कम हुने गरेको प्रमुख प्रशासकिय अधिकृत श्रेष्ठले बताउनुभयो ।

संघ तथा प्रदेशबाट प्राप्त सशर्त र समपुरक तथा स्थानीय तहबाट छनौट भएका योजनाको ९० प्रतिशत सर्वे सम्पन्न भएको छ भने ८० प्रतिशत योजनाको लागत अनुमान तयारी गरिएको छ ।

३७ प्रतिशत योजनाको सम्झौता गरिएको छ भने ८ प्रतिशत योजनाको काम सम्पन्न गरिएको छ । ठुला आयोजनाहरु टेन्डर प्रक्रियामा गई कार्यान्वयनको चरणमा रहेको गाउँपालिकाले जनाएको छ ।

सार्वजनिक सुनुवाईको क्रममा गाउँपालिकाको सेवा प्रवाह प्रति सन्तुष्ट रहेको प्रतिक्रिया सेवाग्राहीहरुले दिएका छन् । गाउँपालिकाको सेवाप्रवाहमा नागरिकहरु कत्तिको सन्तुष्ट छन् भनेर गाउँपालिकाले केहि समय अगाडि गरेको सर्वेक्षण रिपोर्टमा गाउँपालिकाको सेवाप्रति नागरिकहरु सन्तुष्ट रहेको पाइएतापनि अझै चुस्त दुरुस्त बनाउन सुधार गर्नुपर्ने बिषयहरुको पहिचान समेत भएको प्रमुख प्रशासकिय अधिकृत श्रेष्ठले बताउनुभएको छ ।

भूमे गाउँपालिकाले जिल्लामै पहिलोपटक यस आर्थिक बर्षको पहिलो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न गरेको हो ।

प्रकाशित मिति: बुधबार, मंसिर १५, २०७८  २०:१२
प्रतिक्रिया दिनुहोस्