Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

अनेम संघमा मल्ल र सहिद परिवारको संयोजकमा पुन चयन

२०७८ मंसिर १५
tribeni2

रुकुम पूर्व / रुकुम पूर्वको सिस्ने गाउँपालिकामा नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल महिला संघ क्रान्तिकारी र जनक्रान्तिकारी महान सहिद परिवार समाजको नयाँ नेतृत्व चयन गरिएको छ । रुकुमकोट भएको सम्मेलनले दुवै संगठनको नयाँ नेतृत्वको चयन गरेको हो ।

सिस्ने गाउँपालिकाको अनेम संघ क्रान्तिकारीको अध्यक्षमा डिल कुमारी मल्ल चयन हुनुभएको छ । जसको उपाध्याक्ष्मा नमिता बुढा, सचिवमा मिना केसी, सह सचिवमा लक्षिम बस्नेत र कोषध्यक्षमा आस्था विक रहनुभएको छ । गाउँपालिकामा ८५ सदस्यीय कार्यसमिति चयन गरिएको हो ।

यस्तै जनक्रान्तिकारी महान सहिद परिवार समाज नेपालको संयोजकमा पदमबहादुर पुन चयन हुनुभएको छ । पुनको संयोजकत्वमा २१ सदस्यीय गाउँकार्यसमिति चयन गरिएको छ । जसको सचिवमा विनोद केसी रहनुभएको छ ।

भद्रि थापाको अध्यक्षतामा भएको सम्मेलनमा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य कमला रोकाको प्रमुख र प्रदेश कमीटी सदस्य तथा अनेमसंघकी केन्द्रिय सदस्य कुमारी बरालको विशेष आतीथ्यता रहेको थियो ।

प्रकाशित मिति: बुधबार, मंसिर १५, २०७८  २१:१२
प्रतिक्रिया दिनुहोस्