Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

नगर बसमा यात्रुको कोचाकोच, दुर्घटनाको जोखिम

२०७८ मंसिर १६
tribeni2
  • गोपालसिं खड्का

रुकुम पश्चिम / जिल्लाको चौरजहारी नगरपालिकाले सञ्चालन गरेका नगर बसको कारण सर्वसाधारणहरुलाई यात्रामा सहज हुदै गएको त । तर, नगर बसमा यात्रुको चाप बढदै जाँदा दुर्घटनाको जोखिम भने बढेको छ ।

नगरपालिकाको वडा नम्बर १२ को जुम्लिपोखरी देखि चौरजहारी नगरको बसपार्कसम्म आउने नगर बसमा यात्रुको चाप बढदै गएको हो । ३२ सिटे नगर बसमा दोब्बर तेब्बर यात्रुले जोखिम यात्रा मोलेर बसमा यात्रा गर्न बाध्य भएको यात्रुको भनाइ छ ।

नगरपालिकाको जुम्लीपोखरी हुँदै फारुला-खागल-न्याउली बजार-गुर्तालगाउ-कोटजहारी-मेलैनावली सम्मका यात्रु एउटै नगर बसमा कोचिएर यात्रा गर्नुपरेको हुँदा समस्या बढिरहेको बस चालक मिसर पुन घर्तिले बताउनु भयो । मेलैनाउली देखि जुम्लीपोखरी सम्मको बाटो खाल्डाखुल्डी, घुम्ती भएकोले निकै समस्या हुने गरेको छ । यात्रुहरुको चाप दिनानुदिन बढिरहेकोले यस क्षेत्रमा एउटा मात्र नगर बसले यात्रुहरुको चाप थेक्न नसक्ने चालक घर्तिले जानकारी दिनु भयो । 

यात्रुहरुले अर्को नगर बस छिटै नै संचालन गर्नु पर्ने नगरपालिकासँग माग राखेका छ्न । यसरी नै यात्रुको चाप बढदै जाने र बाटो सुधार भएना भन्ने दुर्घटना समेत निम्तिन सक्ने यात्रुहरुले गुनासो व्यक्त गरेका छ्न ।

चौरजहारी बसपार्क देखि कोटजहारी हुँदै नगरको १२ नम्बर वडाको जुम्लीपोखरी सम्म एउटा मात्र नगर बस संचालन हुँदै आएको छ । उक्त ठाँउबाट चौरजहारीको विभिन्न वडाका साथै सानीभेरी गाउँपालिका ७, ८ र १० नम्बर वडाका यात्रुहरु नगरपालिकाको कार्यालय, चौरजहारी बजार, अस्पताल जानलाई आउजाउ गर्ने गरेका छन् ।

नगरपालिकाले पनि नयाँ नगर बस व्यबस्थापनको प्रक्रियामा गएको जनाएको छ । चौरजहारी नगरपालिका जिल्लामै पहिलोपटक नगर बस सञ्चालन गर्ने नगरपालिका हो ।

प्रकाशित मिति: बिहीबार, मंसिर १६, २०७८  ०९:१२
प्रतिक्रिया दिनुहोस्