Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

भोली देखी बनगाड कुपिण्डेमा मतदाता नामावली संकलन गरिने

२०७८ मंसिर १६
tribeni2
  • इन्द्र बुढाथोकी
     

सल्यान / सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा फोटो सहितको मतदाता नामावली संकलन कार्य मंसिर १७ गते शुक्रबार देखी सुरु हुने भएको छ ।

बनगाड कुपिण्डे नगरपालिका क्षेत्र भित्र बसोबास गर्ने नागरिकहरुका लागी मंसिर १७ गते देखी पौष २ गते सम्म लागी १२ वटै वडाहरुमा १० दिन सम्म नगरपालिकामा नामावली संकलन गरिने बताईएको छ ।

मतदाता नामालवी संकलन कार्य मंसिर १७ र १८ गते वडा नम्वर १,२, ३, मंसिर १९ र २० गते वडा नम्वर ४,५,६ मंसिर २१ र २२ गते वडा नम्वर ७,८,९ मंसिर २३ र २४ गते वडा नम्वर १०,११,१२ र मंसिर २५ र २६ गते नगरपालिका सबै छुटपुटको नामावली संकलन गरिने नगरपालिकाले जानकारी दिएको छ ।

मतदाता नामालवी संकलनका लागी नेपाली नागरिकताको प्रमाण पत्र, विवाहित महिलाको हकमा विवाह दर्ताको प्रमाणपत्र र बसाई सराई सरि आएको भए बसाईसराई दर्ताको प्रमाणपत्र लिएर मतदाता नामावली संकलन कार्य स्थलमा आउनु पर्ने मतदाता नामाली निर्वाच हरि बहादुर शाहीले जानकारी दिनुभयो ।

प्रकाशित मिति: बिहीबार, मंसिर १६, २०७८  १५:१२
प्रतिक्रिया दिनुहोस्