Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

आठबिसकोटमा ट्याक्टर दुर्घटना हुँदा श्रीमानको ज्यान गयो, श्रीमती घाईते

२०७८ मंसिर १७
tribeni2

रुकुम पश्चिम / बिहिबार राती जिल्लाको आठबिसकोटमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने एक जना घाईते हुनुभएको छ ।

आठबिसकोट नगरपालिकाको वडा नं. ७ औल नजिक ट्याक्टर दुर्घटना हुँदा स्थानीय चालक गोपाल बिकको ज्यान गएको हो । दुर्घटनामा परेर चालक बिककी श्रीमती सपना बिक घाईते हुनुभएको छ ।

घाईते बिकको आठबिसकोट नगर अस्पतालमा उपचार भईरहेको माओवादी केन्द्र आठबिसकोटका अध्यक्ष रबि केसीले जानकारी दिनुभयो ।

बिहिबार औलबाट आठबिसकोटको राडि बजार आउन लागेको रा १ प ४४१२ नं. को ट्याक्टर राती  १० बजे दुर्घटना भएको हो ।

प्रकाशित मिति: शुक्रबार, मंसिर १७, २०७८  ०८:१२
प्रतिक्रिया दिनुहोस्