Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

जनकल्याणका शिक्षकहरुमाथी अवमूल्यन, दशै तिहारमा पनि पाएनन् तलब

'विव्यसको बैठक बोलाउँदा कोरम नै पुग्दैन'
२०७८ मंसिर १७
tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिमको एक सरकारी बिद्यालयका शिक्षकहरुले श्रावन महिना देखि हाल सम्म तलब पाएका छैनन् । तलब नपाउँदा शिक्षक कर्मचारीहरुले दशै तिहारको खर्च समेत ऋण निकालेर मनाउनु परेको बताएका छन् ।

जिल्लाको बाँफिकोट गाउँपालिका वडा नम्वर ९ मा रहेको जनकल्याण माध्यमिक बिद्यालयका शिक्षकहरुले चालु आ.व.०७८/०७९ को पहिलो चौमासिकको तलब हाल सम्म पनि नपाएका हुन् ।

कार्तिक महिनामै दिनुपर्ने तलब हाल सम्म पनि नदिएपछि बिद्यालयमा कार्यरत १४ जना शिक्षकहरु मर्कामा परेको बिद्यालयका प्रधानाध्याक धर्मसिं केसीले बताउँनुभयो । प्रधानाध्यापक केसीका अनुसार बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम देवकोटा बिद्यालयमा जानकारी नदिई सम्पर्कमा नरहेकोले तलब खुवाउन नसकिएको छ ।

‘आधिकारीक जानकारी त हामीलाई आएन,’ प्रधानाध्यापक केसीले भन्नुभयो ‘अध्यक्ष ज्यु बैदेशिक रोजगारीको शिलशिलामा नेपाल बाहिर पुगेको सुनिन्छ ।’ शिक्षकहरुलाई दशै तिहारको बेलामा समेत तलब खुवाउन नसकिएको उल्लेख गर्दै प्रधानाध्यापक केसीले ७,८ पटक व्यवस्थापन समितिका पदाधिकारीको बैठक बोलाउँदा पनि कोरम नपुग्दा बैठक नै बस्न नसकेर तलब दिन नसकेको जनाउनुभयो ।

उहाँका अनुसार शिक्षकहरुको तलब गाउँपालिकाले लक्ष्मी बैंकमा रहेको बिद्यालयको खातामा दशै अगाडि नै जम्मा गरिसकेको छ । खातामा अध्यक्ष देवकोटाको हस्ताक्षर अनिवार्य रहेकोले पैसा निकाल्न नसकिएको प्रधानाध्यपक केसीको भनाई छ ।

बिद्यालय व्यबस्थापन समितिको कार्य अवधि पनि असोज मै सकिएको हो । नयाँ व्यवस्थापन समितिको गठन गर्नको लागि गाउँपालिकामा अब १,२ दिनमै गएर अनुमति ल्याउने र प्रक्रिया बमोजिम व्यबस्थापन समिति गठन गरेर तलब खुवाउने प्रधानाध्यपक केसीले बताउँनुभयो ।

बिद्यालयमा कार्यरत शिक्षकहरुले बिद्यालयको आन्तरिक समस्याको कारण शिक्षकहरु मारमा परेको बताएका छन् । आफुहरुको बौद्धिक श्रमको अवमूल्यन गरिएको र दशै तिहारमा समेत तलब नपाउँदा दुख लागेको उनीहरुको प्रतिक्रिया रहेको छ ।

शिशु कक्षा देखि १० कक्षा सम्म सञ्चालित उक्त बिद्यालयमा १४ जना शिक्षकहरु कार्यरत छन् । कार्यरत शिक्षकहरुमा ३ जना स्थायी, ९ जना अनुदान कोटामा, १ जना प्राथमिक तहको राहत र १ जना निजि श्रोतबाट तलब खुवाउने गरी कार्यरत हुनुहुन्छ ।

उक्त बिद्यालय केहि समय पहिला भवन निर्माणको बिषयमा अनियमितता भएको भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी परेर विवादित भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, मंसिर १७, २०७८  ११:१२
प्रतिक्रिया दिनुहोस्