Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

कोरोनाको नयाँ भेरियन्टबारे अभिमुखिकरण

२०७८ मंसिर १७
tribeni2

रुकुम पूर्व / जिल्लाको सिस्ने गाउँपालिकामा कोरोना भाइरसको नयाँ भेरियन्ट सम्बन्धि एक दिने अभिमुखिकरण गोष्ठी सम्पन्न गरेको छ ।

नागरिकलाई विश्वका केहि देशमा देखिएको किरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको बारेमा सचेत गराइ गाउँपालिकालाई कोरोनाबाट सुरक्षित राख्ने उदेश्यले सिस्ने गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा गोष्ठी सम्पन्न भएको हो ।

गोष्ठीमा रुकुम पुर्ब अस्पतालका डाक्टर पुर्ण पुन र डाक्टर क्षितिज नेपालीले यस अघि देखिएको कोरोना भाइरस र अहिले देखिएको नयाँ ओमिक्रोन भाइरसको बारेमा सहजिकरण गर्नुभएको थियो । कोरोना भाइरसको उत्पत्ति, यसले विश्व समुदायलाई पारेको असर, यसका विभिन्न स्वरुप र अहिले देखिएको ओमिक्रोनको बारेमा डाक्टर पुन र नेपालीले सहभागिहरुलाई प्रट्याउनु भएको बताईएको छ ।

उहाँले नियमित मास्क, सेनिटाइजरको प्रयोग गर्न, साबुन पानीले हात धुन र सामाजिक दुरि कायम गर्न सबैलाई आग्रह गर्नुभएको छ ।

गोष्ठीमा स्वास्थ्य कार्यालय रुकुम पुर्बका ल्याब टेक्नेसियन निमप्रसाद गिरीले रुकुम पुर्ब जिल्लामा कोभिडले पारेको प्रभाव र न्यूनीकरण गर्न गरिएका प्रयासहरुको बारेमा जानकारी गराउनुभएको थियो । उहाँका अनुसार कोभिडबाट अहिलेसम्म रुकुम पुर्वमा १३ जनाको ज्यान गएको छ भने ६ सय ६७ संक्रमीत भएका छन । गिरिले अहिले सक्रमित सबै स्वस्थ भइ जिल्लामा कोरोना शुन्यमा झरेको विवरण सार्वजनिक गर्नुभएको थियो ।

गोष्ठीमा सिस्ने गाउँपालिका अध्यक्ष कुमारी बरालले कोरोना नियन्त्रण गर्न सिस्ने गाउँपालिका सक्षम रहेको बताउनुभयो । यसअघि कोभिड १९ नियन्त्रण गर्न सिस्नेले उल्लेखनीय भुमिका खेलेको बताउँदै अध्यक्ष बरालले ओमिक्रोनबाट पनि नागरिकको ज्यान बचाउन सिस्ने सक्षम हुने जनाउनुभयो ।

अध्यक्ष बरालको अध्यक्षतामा सम्पन्न भएको एक दिने गोष्ठीमा उपाध्यक्ष गोबर्धन बुढा, निमित्त प्रमुख प्रशासकिय अधिकृत मङल सिंह बुढा, सिस्ने गाउँपालिका भित्र रहेका विभिन्न स्वास्थ्यचौकीहरुमा कार्यरत स्वास्थ्यकर्मीहरु, राजनितिक दलका प्रतिनिधि, शिक्षक, गाउँपालिकाका कर्मचारी लगाततको सहभागिता रहेको थियो । गोष्ठीको संचालन गाउँपालिकाका स्वास्थ्य संयोजक सुरेन्द्र यादबले गर्नुभएको थियो । 

प्रकाशित मिति: शुक्रबार, मंसिर १७, २०७८  १९:१२
प्रतिक्रिया दिनुहोस्