दुई बर्ष देखी स्वास्थ्य संस्था बन्द

जाजरकोट २६ फागुन

जाजरकोटका विभिन्न वडामा खुलेका स्वास्थ्य संस्था दुई बर्षदेखी बन्द हुँदा स्थानीयलाई समस्या भएको छ ।

भेरी नगरपालिकाको वडा नम्बर ८, ९ र १० मा रहेका स्वास्थ्य संस्था बन्द हुँदा स्थानीयले स्वास्थ्य सेवा पाउन सकेका छैनन् ।

दरबन्दीअनुसार स्वास्थ्यकर्मी नभएपछी ती वडामा रहेका स्वास्थ्य संस्था बन्द गर्नुपरेको भेरी नगरपालिका स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद शर्माले जानकारी दिए ।

प्रकाशित मिति: आइतबार, फागुन २६, २०७५  ००:०३
प्रतिक्रिया दिनुहोस्