Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

जन्ती बोकेको ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु

२०७८ मंसिर १७
tribeni2

धनगढी / कञ्चनपुरमा जन्ती बोकेर फर्किदै गरेको ट्याक्टर दुर्घटनामा गम्भीर घाइते भएका तीनजनाको उपचारका क्रममा मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका लालझाडी गाउँपालिका ९ का ५५ वर्षीय रानि राना, ४३ वर्षीया रतना राना र ६५ वर्षीय द्रोपति रानाको उपचारका क्रममा धनगढीमा मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रमुख प्रहरी निरीक्षक कर्ण बोहराले जानकारी दिनुभयो ।

उहाँका अनुसार दुर्घटनमा गम्भीर घाइते भएका रामप्रसाद चौधरीको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

शुक्रबार दिउँसो वेदकोट नगरपालिकाको दैजीबाट जन्ती बोकेर फर्किदै गरेको से १ त ३८४१ नम्बरको ट्याक्टर झलारीमा दुर्घटनामा परेको थियो।

दुर्घटनामा चालकसहित १४ जना घाइते भएका थिए। उनीहरू मध्ये ८ जनालाई थप उपचारका लागि धनगढी रेफर गरिएको थियो ।

प्रकाशित मिति: शुक्रबार, मंसिर १७, २०७८  २०:१२
प्रतिक्रिया दिनुहोस्