Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

डाक्टर गोबिन्द केसी रुकुम पूर्वमा निशुल्क उपचार गर्दै

बुधबार सम्म रुकुममै रहने
२०७८ मंसिर १९
tribeni2

रुकुम पूर्व / पटक पटक अनसन तथा सत्याग्रह गरेर सरकार समक्ष चिकित्शा शिक्षा सुधारको माग राख्दै आउनु भएका डाक्टर गोबिन्द केसी रुकुम पूर्वमा पुगेर सर्वसाधारणको उपचार गरिरहनु भएको छ ।

गत बुधबार देखि जिल्ला अस्पताल रुकमु पूर्वमा पुगेर उहाँले निशुल्क उपचार सुरु गर्नुभएको हो । डाक्टर केसीले शनिबार बेलुका सम्म तिन सय ५० जनाको निशुल्क उपचार गर्नुभएको अस्पतालले जनाएको छ । बाग्लुङका बिकट ठाउँका सर्वसाधारणको उपचार गरेर डाक्टर केसी गत बुधबार रुकुम पूर्व पुग्नु भएको थियो ।

निशुल्क उपचार शिविरको क्रममा उहाँले हाडजोर्नी सम्बन्धि समस्यामा परेका दुइ सय महिला र एक सय ५० पुरुष गरी तिन सय ५० जना बिरामीको उपचार गर्नु भएको रुकुम पूर्व अस्पतालका डाक्टर पूर्ण पुनले जानकारी दिनुभयो ।

उपचारका साथसाथै आफैले बोकेर ल्याएको औषधि पनि उहाँले विरामीहरुलाई निशुल्क रुपमा उपलब्ध गराउनु भएको छ । आउँदो बुधबारसम्म रुकुम पूर्वमै बसेर बिरामीको उपचार गर्ने डाक्टर केसीको भनाई छ ।

डाक्टर केसीले गत मंसिर १६ गते रुकुम पूर्वबाटै एक बिज्ञप्ती जारी गरेर सरकारले आफ्ना मागहरु पुरा नगरे सत्याग्रह सुरु गर्ने चेतावनी समेत दिनुभएको थियो ।

https://www.mulpati.com/news/553

प्रकाशित मिति: आइतबार, मंसिर १९, २०७८  ०९:१२
प्रतिक्रिया दिनुहोस्