Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

प्रेस सेन्टरको अध्यक्षमा 'जुगल' चयन

२०७८ मंसिर १९
tribeni2

चितवन / प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशनबाट विष्णु सापकोटा 'जुगल' अध्यक्षमा चयन हुनुभएको छ । चितवनमा हिजोदेखि भएको महाधिवेशनले उहाँलाई अध्यक्षमा छानेको हो ।

अधिवेशनले १ सय ९९ सदस्यीय केन्द्रीय कमिटीको समेत घोषणा गरेको छ । अध्यक्षबाहेक अन्य पदाधिकारी भने चयन हुन सकेको छैन । निर्वाचित केन्द्रीय कमिटीले पदाधिकारी चयन गर्ने बताइएको छ । ३९ पदाधिकारी रहने उक्त कमिटिमा ८ जना पछि मनोनित हुनेछन् ।

हिजो नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महाधिवेशन उद्घाटन गर्नुभएको थियो । जुगल प्रचण्डका पूर्व प्रेस सल्लाहकार हुनुहुन्छ ।

प्रकाशित मिति: आइतबार, मंसिर १९, २०७८  २०:१२
प्रतिक्रिया दिनुहोस्