Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सरकारले दियो सिके राउतलाई अंगरक्षक

काठमाडौँ २६ फागुन
tribeni2

सरकारले सिके राउतलाई अंगरक्षक उपलब्ध गराएको छ । सरकारसंग हालै ११ बुँदे सहमती गरेर पृथकताबादी आन्दोलन त्यागेका राउतलाई अंगरक्षक दिईएको हो ।

सरकारले उनको सुरक्षाका लागि प्रहरी नायब निरीक्षक सई दर्जाका एक जुनियर प्रहरी अधिकृत खटाएको अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।

प्रधानमन्त्री कार्यालयको निर्देशनमा राउतलाई प्रहरी प्रधान कार्यालयले अंगरक्षक उपलब्ध गराएको हो । उनलाई अंगरक्षक खटाइएको बारे सुरक्षा सेवा निर्देशनालयका प्रहरी अधिकारी बेखबर रहेको समाचारमा जनाईएको छ ।

राउतलाई अंगरक्षका केही दिनका लागि हो या सधैंका लागि भन्नेबारे प्रहरी मुख्यालय स्पष्ट छैन ।

प्रकाशित मिति: आइतबार, फागुन २६, २०७५  ०९:०३
प्रतिक्रिया दिनुहोस्