Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

नेपाली सेनाले बिद्यार्थीलाई तालिम दिन थाल्यो

२०७८ मंसिर १९
tribeni2

रुकुम पश्चिम / नेपाली सेनाले रुकुम पश्चिमको एक बिद्यालयका बिद्यार्थीहरुलाई तालिम दिन थालेको छ । जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर १३ मा रहेको महेन्द्र माध्यमिक बिद्यालयका विद्यार्थीहरुलाई राष्ट्रिय सेवा दलको तालिम दिन सुरु गरिएको हो ।

सैन्य लगायत मानवीय र सामाजिक क्षेत्रका बारेमा बालबालिकालाई ३५ दिने तालिम दिइने बताईएको छ। अनुशासित, वफादारिता तथा आपतकालिन अवस्थामा स्वयमसेवीको भुमिका निर्वाह गर्न सक्ने उद्देश्यले राष्ट्रिय सेवा दल पश्चिम तालिम शिक्षालय कोहलपुरको सञ्चालनमा जुनियर डिभिजन ४७ औँ (एनसिसि) तालिम महेन्द्र मावि चौताराका विद्यार्थीहरुलाई सुरु गरिएको प्रधानाध्यापक झलक पुनले जानकारी दिनुभयो ।

३५ दिनसम्म सञ्चालन हुने उक्त तालिममा ३६ जना छात्र–छात्रा सहभागि हुनेछन । आईतबार एक समारोहका बिच तालिमको श्री नरसिं दल गण सल्ले रुकुम पश्चिमका गणपति गोविन्द भुजेलले उद्घाटन गर्नुभएको छ ।

गणपति भुजेलले तालिमले राष्ट्रियता र अनुशासन सिकाउनुका साथै दैवी प्रकोपको वेला स्वयमसेवीका रुपमा समेत तालिम प्राप्त छात्र छात्रालाई प्रयोग गर्न सकिने बताउनुभयो । तालिममा सहभागि विद्यार्थीहरुलाई नेपाली सेनाको जस्तै ड्रेस उपलब्ध गराइएको छ ।

कार्यक्रममा महेन्द्र मावि चौताराका शिक्षक अभिभावक संघका अध्यक्ष भीम बहादुर खत्री, मुसिकोट नगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष दिपक केसी, युवा व्यवसायी ओपेन्द्र खड्का, प्रधानाध्यापक झलक पुन, सहायक प्रधानाध्यापक सुधिर केसी, अभिभावक, शिक्षक र विद्यार्थीको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: आइतबार, मंसिर १९, २०७८  २१:१२
प्रतिक्रिया दिनुहोस्