Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

नेपालमा पनि भेटियाे काेराेनाकाे नयाँ भेरियन्ट 'ओमिक्राेन'

२०७८ मंसिर २०
tribeni2

काठमाण्डाै / नेपालमा पनि काेराेना भाइरसकाे नयाँ भेरियन्ट 'ओमिक्राेन'का सङ्क्रमित भेटिएका छन्।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा दुई जना व्यक्तिमा ओमिक्रोन भेरियन्ट स‌ङ्क्रमणकाे पुष्टि भएकाे जनाएकाे हाे। 

गएको मङ्सिर ३ गते नेपाल आएका एक जना ६६ वर्षीय विदेशी नागरिक र उनको सम्पर्कमा पुगेका ७१ वर्षका नेपाली नागरिकमा ओमिक्रोन पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता समिरकुमार अधिकारीले जानकारी दिनुभयो ।

उनीहरूको सम्पर्कमा पुगेका ६६ जनाको पीसीआर परीक्षण गर्दा सबैमा कोरोना नेगेटिभ देखिएको पनि मन्त्रालयले जनाएको छ । 

प्रकाशित मिति: सोमबार, मंसिर २०, २०७८  १५:१२
प्रतिक्रिया दिनुहोस्