Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

महिला सहिदहरुको सम्झनामा 'दिप प्रज्वलन'

महिला हिंसा बिरुद्धको १६ दिने अभियान
२०७८ मंसिर २०
tribeni2

रुकुम पश्चिम / महिला हिंसा बिरुद्ध लड्ने क्रममा सहादत प्राप्त महिला सहिदहरुको सम्झनामा 'दिप प्रज्वलन' गरिएको छ । जिल्लाको मुसिकोट नगरपालिका १ खलंगाको कालिकाथानमा सोमबार बेलुका महिला सहिदहरुको सम्झनामा दिप प्रज्वलन गरिएको हो ।

महिला हिंसा बिरुद्धको १६ दिने अभियानकै क्रममा आज बेलुका दिप जलाएर महिला सहिदहरुलाई सम्मान र सम्झना गरिएको अन्तर पार्टी महिला सञ्जाल रुकुम पश्चिमकी सचिव ब्युझना पुन देवकोटाले बताउँनुभयो ।

इन्सेक रुकुमका प्रतिनिधि मनिषा केसीले महिला हिंसा बिरुद्ध एकजुट हुनलाई सन्देश प्रवाह गर्न समेत दिप प्रज्वलन गरिएको जनाउँनुभयो ।

जिल्ला समन्वय समिति, अन्तर पार्टी महिला सञ्जाल, ओरेक नेपाल, इन्सेक, जिल्ला प्रहरी कार्यालय, महिला मानव अधिकार रक्षक संजाल लगायतको सयुक्त आयोजनामा कार्यक्रम गरिएको हो ।

कार्यक्रममा जिल्ला समन्वय समिति रुकुम पश्चिमका उप प्रमुख इन्दिरा बिएम, अन्तर पार्टी महिला सञ्जालका सचिव ब्युझना पुन देवकोटा, ओरेक नेपाल रुकुमका जिल्ला कार्यक्रम संयोजक दिपा धिताल, इन्सेक रुकुमका प्रतिनिधि मनिषा केसी लगायत अधिकारकर्मीहरुको सहभागिता रहेको थियो ।

आज महिला हिंसा बिरुद्धको १६ दिने अभियान अन्तरगतको १२ औ दिन हो । जिल्लामा यस अभियानको क्रममा बिभिन्न अन्तरक्रिया तथा सचेतनामुलक कार्यक्रमहरु भैरहेका छन् ।

 

प्रकाशित मिति: सोमबार, मंसिर २०, २०७८  १८:१२
प्रतिक्रिया दिनुहोस्