Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

जन्ति बाेकेर फर्कदै गरेको बस मुसिकोटमा दुर्घटना, २५ जना घाईते

२०७८ मंसिर २०
tribeni2

रुकुम पश्चिम / सोमबार बेलुका मुसिकोट नगरपालिकाको वडा नम्बर २ रातामाटामा जन्ति बोकेको बस दुर्घटना भएको छ । दुर्घटनामा परेर करिब २५ जना घाइते भएकाे बताइएकाे छ । घाइते मध्य २ जनाकाे अवस्था गम्भिर रहेकाे प्रहरीले जनाएको छ ।

जिल्लाको बाँफिकोट गाउँपालिका २ पिपलबाट जन्ति लिएर मुसिकोट नगरपालिका १ घिमानेतर्फ फर्किरहेको रा १ ख २१०९ जन्ती बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक डेकेन्द्र शर्माले बताउनुभयो ।

दुर्घटनामा परेर घाईते भएका करिब २५ जनाको उद्धार गरिएको उहाँले जानकारी दिनुभयो । बसमा ४५ जना जन्ति सवार रहेकाे प्रहरीले उल्लेख गरेकाे छ । 

अहिले घाईतेहरुको उद्धार भैरहेको र केहिलाई जिल्ला अस्पताल सल्ले उपचारको लागि पुर्याईएको बताईएको छ । पानी परिरहेकोले उद्धारमा कठिनाई भैरहेको प्रहरीले जनाएको छ ।

घटनाको बिस्तृत विवरण आउन बाँकि रहेको छ । बस सडकबाट १ सय  मिटर तल खसेकाे छ । 

 

प्रकाशित मिति: सोमबार, मंसिर २०, २०७८  १९:१२
प्रतिक्रिया दिनुहोस्