Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

दुर्घटना अपडेट : वडा अध्यक्ष सहित १० जना गम्भिर घाईते, चार जनालाई रिफर (घाईतेहरु)

दुलाह दुलहि भने सकुशल
२०७८ मंसिर २०
tribeni2

रुकुम पश्चिम / मुसिकोट नगरपालिकाको वडा नम्बर २ रातामाटामा आज सोमबार बेलुका साढे सात बजे भएको बस दुर्घटनामा परेर घाईते भएका मध्य १० जनाको अवस्था गम्भिर रहेको छ ।

गम्भिर घाईते हुनेमा मुसिकोट नगरपालिका वडा नम्वर १ का वडा अध्यक्ष बिरबल केसी, सोहि वडाका सुशिल थापा, मानबहादुर ओली, सुरेन्द्र भण्डारी, नवराज खड्का, बिमला खत्री र प्रेम केसी रहनुभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । त्यसैगरी सोहि वडाका टेकबहादुर बस्नेत, चोपबहादुर बस्नेत र बुधुराम खड्का पनि गम्भिर घाईते हुनुभएको छ । 

गम्भिर घाईते मध्य वडा अध्यक्ष केसी, शुशिल थापा, नवराज खड्कालाई थप उपचारका लागि जिल्ला अस्पतालले नेपालगंज रिफर गरेको छ । मुसिकोट नगरपालिका १ कै बुधुराम खड्कालाई थप उपचारको लागि चौरजहारी अस्पताल रिफर गरिएको जनाइएको छ । 

प्रहरीका अनुसार दुलाह दुलहि भने सकुशल रहेका छन् । दुलाह दुलहि अर्काे  गाडिमा रहेकाे बताइएकाे छ ।  

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक डेकेन्द्र शर्माका अनुसार घाईते हुनेको संख्या ४० पुगेको छ । ३० जनाको अवस्था सामान्य रहेको छ भने ५ जना उपचारपछि घर फर्किएको बताइएको छ । अन्य सबै घाईतेको उद्धार पश्चात जिल्ला अस्पताल सल्लेमा उपचार भैरहेको छ ।

गम्भिर घाईतेहरुलाई हेलिकप्टरबाट थप उपचारको लागि बाहिर लैजाने तयारी गरितापनि रातीको कारण हेलिकप्टर आउन सक्ने अवस्था नरहेको प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैह्रेले बताउनुभयो ।

जिल्लाको बाँफिकोट गाउँपालिका २ पिपलबाट दुलहि लिएर मुसिकोट नगरपालिका १ घिमानेतर्फ फर्किरहेको ग १ ख २१०९ जन्ती बस दुर्घटनामा परेको हो । सल्यानको छत्रेश्वरी गाउँपालिका वडा नम्वर ५ घर भएका चालक दोज बहादुर भण्डारी भने फरार रहेका छन् । 

बस सडकबाट १ सय मिटर तल खसेको बताईएको छ । घाईतेहरुको नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले उद्धार गरेका थिए ।

घाईतेहरुको विवरण :

प्रकाशित मिति: सोमबार, मंसिर २०, २०७८  २२:१२
प्रतिक्रिया दिनुहोस्