Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

दुर्घटना अपडेट : दुर्घटनामा घाईते भएका एक जनाको मृत्यु

२०७८ मंसिर २१
tribeni2

रुकुम पश्चिम / सोमबार बेलुका मुसिकोट नगरपालिकाको वडा नम्बर २ रातामाटामा भएको बस दुर्घटनामा परेर गम्भिर घाईते भएका एक जनाको मृत्यु भएको छ । मुसिकोट नगरपालिका १ घिमानेका ६७ बर्षका बुधुराम खड्काको उपचारको लागि नेपालगञ्ज लैजादै गर्दा बाटोमा मृत्यु भएको हो ।

सोमबार राती नै जिल्ला अस्पताल सल्लेबाट रिफर गरिएका खड्काको थप उपचारका लागि नेपालगञ्ज लैजादै गर्दा बाटोमै मृत्यु भएको उहाँको पारिवारीक श्रोतले जनाएको छ ।

दुर्घटनामा गम्भिर घाईते मध्य मुसिकोट नगरपालिका वडा नम्वर १ का वडा अध्यक्ष बिरबल केसी, सोहि वडाका शुशिल थापा, नवराज खड्कालाई पनि थप उपचारका लागि जिल्ला अस्पतालले रिफर गरेको थियो ।

दुर्घटनामा परेर घाईते भएका ४० जना मध्य १० जनाको अवस्था गम्भिर रहेको प्रहरीले जानकारी दिएको थियो । अन्य घाईतेहरुको अवस्था सामान्य रहेको र उपचारपछि घर जाने क्रममा रहेको बताईएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक डेकेन्द्र शर्माका अनुसार जिल्लाको बाँफिकोट गाउँपालिका २ पिपलबाट दुलहि लिएर मुसिकोट नगरपालिका १ घिमानेतर्फ फर्किरहेको रा १ ख २१०९ जन्ती बस हिजो बेलुका साढे सात बजे दुर्घटनामा परेको हो ।

प्रकाशित मिति: मंगलबार, मंसिर २१, २०७८  ०७:१२
प्रतिक्रिया दिनुहोस्