Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

अपडेट : जन्ति बस दुर्घटनाका चार घाईतेलाई हेलिकप्टर मार्फत लगियो

२०७८ मंसिर २१
tribeni2

रुकुम पश्चिम / सोमबार बेलुका मुसिकोट नगरपालिकाको वडा नम्बर २ रातामाटामा जन्ति बोकेको बस दुर्घटना हुँदा घाईते भएका चार जनालाई हेलिकप्टर मार्फत जिल्ला बाहिर लगिएको छ ।

आज दिउँसो दुइ ओटा हेलिकप्टर मार्फत तिन जनालाई कोहलपुर र एक जनालाई काठमाडौ लगिएको हो ।

दुर्घटनामा गम्भिर घाईते भएका मुसिकोट नगरपालिका १ का ३५ बर्षका विकास भण्डारी, सोहि ठाउँका बर्ष ७६ का कालिबहादुर खत्री र २२ बर्षका दिनेश केसीलाई कोहलपुर लगिएको हो भने सोहि ठाउँ निवासी बर्ष ४८ का टेकबहादुर बस्नेतलाई काठमाडौ लगिएको हो ।

जिल्लाको बाँफिकोट गाउँपालिका २ पिपलबाट दुलहि लिएर मुसिकोट नगरपालिका १ घिमानेतर्फ फर्किरहेको रा १ ख २१०९ जन्ती बस हिजो बेलुका साढे सात बजे दुर्घटनामा परेको थियो । दुर्घटनामा परेर ४० जना घाईते भएका थिए ।

गम्भिर घाईते १० मध्य मुसिकोट नगरपालिका १ घिमानेका ६७ बर्षका बुधुराम खड्काको उपचारको लागि नेपालगञ्ज लैजादै गर्दा बाटोमा हिजो मृत्यु भएको छ ।

दुर्घटनामा गम्भिर घाईते मध्य मुसिकोट नगरपालिका वडा नम्वर १ का वडा अध्यक्ष बिरबल केसी, सोहि वडाका शुशिल थापा, नवराज खड्कालाई हिजै थप उपचारका लागि जिल्ला अस्पतालले रिफर गरेको थियो ।

फोटो सौजन्य : मित्र बोहरा

प्रकाशित मिति: मंगलबार, मंसिर २१, २०७८  १४:१२
प्रतिक्रिया दिनुहोस्