Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

जिल्ला प्रशासन कार्यालयमा स्तनपान कक्ष स्थापना

२०७८ मंसिर २१
tribeni2

रुकुम पूर्व / जिल्ला प्रशासन कार्यालय रुकुम पूर्वमा स्थापना भएको स्तनपान कक्ष हिजो देखि सञ्चालनमा आएको छ ।

युनाइटेड मिसन टु नेपाल रुकुम पूर्व कलष्टर र युएमएनको सहयोगमा जिल्ला प्रशासन कार्यालयमा स्तनपान कक्ष स्थापना गरी सूचारु गरिएको हो ।

सोमबार देखि जिल्ला प्रशासन कार्यालय परिसरमा स्तनपान कक्ष सूचारु गरिएको युएमएनकी स्वास्थ्य परियोजना व्यवस्थापक सन्ध्या सुवेदीले जानकारी दिनुभयो । बच्चा सहित जिल्ला प्रशासन कार्यालयमा सेवा लिन आउने महिलाहरुलाई लक्षित गरी स्तनपान कक्ष स्थापना गरिएको उहाँले बताउनुभयो ।

कार्यालयमा सुरक्षित स्तनपानको व्यवस्था नहुदा सेवाग्राहि महिलाहरुलाई असहजता भएको थियो । अव भने सुरक्षित स्तनपान कक्ष स्थापना गरिए सगैँ सहज हुने बताईएको छ।

उक्त कक्षमा एउटा बेड राखिएको छ । साथै हात धुनका लागि साबुन पानीको व्यवस्थापन पनि गरिएको छ । स्तनपान कसरी गराउने भन्ने बारे जनचेतनामुलक पोष्टरहरु पनि कक्षमा राखिएको छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर २१, २०७८  १५:१२
प्रतिक्रिया दिनुहोस्