Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

यस्तो छ शीतल मावि पक्रैयाँको हिसावकिताव

६१ लाख ५० हजार ३ सय ५८ रुपैया आम्दानी
२०७८ मंसिर २२
tribeni2
  • केशर पुन मगर

रुकुम पश्चिम / जिल्लाको सानीभेरी गाउँपालिका वडा नम्बर १ पक्रैयाँ स्थित श्री शीतल माध्यामिक विद्यालयले मंगलबार आफ्नो ३३ औँ बार्षिकोत्सब समारोह सम्पन्न गरेको छ । समारोहको अवसरमा आर्थिक वर्ष ०७७/०७८ को आय व्यय समेत सार्वजनिक गरिएको छ ।

सानीभेरी गाउँपालिकाका अध्यक्ष नरबहादुर पुनको प्रमुख आथित्यतामा सम्पन्न उक्त समारोहमा सहभागि बिद्यार्थी, अभिभावक तथा सरोकारवालाहरुको बिच बिद्यालयको सम्पूर्ण हिसावकिताव पारदर्शि गरिएको बिद्यालयले जनाएको छ ।

आर्थिक वर्ष ०७७/०७८ मा बिद्यालयको जम्मा आय ६१ लाख ५० हजार ३ सय ५८ रहेको छ भने ६१ लाख ३० हजार २६ रुपैयाँ खर्च भएको छ । बाँकि २० हजार ३ सय ३२ रुपैयाँ बिद्यालय रको सहायक प्रधानाध्यापक नबराज केसीले बताउनुभयो ।

बिद्यालयका अनुसार आय मौज्दात रकम ३१ हजार ८ सय ३०, संघिय सरकार तलब भत्ता १५ लाख ८३ हजार ८७, गाउँपालिका तलब भत्ता १४ लाख २६ हजार ५ सय ६७, शिक्षक पोषाकमा ६० हजार, शिक्षण सिकाई अनुदान २ लाख ८८ हजार, छात्रावृत्ति ७६ हजार र बुक करर्नर, मसलन्द, सालेप, सिप निर्माण अनुदानबाट १ लाख ६८ हजार २ सय ५० रुपैयाँ रहेको छ ।

त्यस्तै इन्टरनेट अनुदान १२ हजार, राष्ट्रपति खेलकुद अनुदान ४२ हजार ३ सय ७, २०७७ तिहार बिशेष शुभकामना कार्यक्रमबाट संकलन १ लाख २४ हजार ५ सय, दिवा खाजा अनुदान ३ लाख, ८१ हजार ७ सय ८०, कक्षा बालविकास देखि कक्षा ५ सम्मको छात्रछात्राहरुको पोषक अनुदान १ लाख ३० हजार ८ सय, कक्षा १ देखि १० सम्म पाठ्यपुस्तक अनुदान २ लाख २४ हजार ५ सय ८७, कोभिड सामग्री र सि.यु.जी. सिम अनुदान २ लाख ११ हजार ८ सय ५० रकम आम्दानी तर्फ रहेको छ ।

विज्ञान प्रयोगशाला अनुदान ६ लाख ५० हजार, कक्षा ११ बाट शुल्क १ लाख ६८ हजार, लक्ष्मण डाँगीबाट तलब फिर्ता ७ हजार, हंश बहादुर खड्काबाट असुल उपर २ लाख ७१ हजार, सामुदायिक सहयोग १ लाख र आन्तरिक आम्दानी १ लाख ९२ हजार ८ सय रुपैयाँ गरी जम्मा ६१ लाख ५० हजार ३ सय ५८ रुपैयाँ आम्दानी रहेको बिद्यालयले जनाएको छ ।

व्ययतर्फ शिक्षक तलक भत्ता ३३ लाख ५३ हजार ८९, सामाजिक सुरक्षा कर कट्टी २१ हजार ५ सय ६५, शिक्षक पोषाक ६० हजार, गापा तलब भत्ता ३ लाख १२ हजार ३ सय, दिवा खाजा २ लाख ३४ हजार ४ सय, बिद्यालय सुधार योजना निर्माण ८ हजार, इन्टरनेट महसुल २२ हजार ३५, राष्ट्रपति रनिङ शिल्ड खर्च १ लाख ७ हजार ७ सय, सुदिब बिकलाई काम गरेवापत दिएको ५० हजार, छात्रवृत्ति वितरण ७० हजार ४ सय, २०७७ तिहार बिशेष शुभकामना र सम्मान कार्यक्रम १८ हजार ५०, कोभिड स्वास्थ्य सामाग्री खरिद ९९ हजार ५ सय ६५, सि.यु.जी. सिम वितरण ४१ हजार ३ सय ८९ रुपैयाँ ६४ पैसा रहेको बताईएको छ ।

नयाँ बर्ष २०७८ को शुभकामना प्रशारण ३ हजार, आ.व. ०७६/०७७ लेखा परिक्षण ३० हजार र राष्ट्रिय परिक्षा बोर्ड रजिस्ट्रसन र अन्य खर्च ५६ हजार ६ सय खर्च भएको छ । त्यस्तै पाठ्यपुस्तक खरिद २०७७ मा अपुग ९ हजार ४ सय ६६, शिक्षक डिजिटल हाजिरी २१ हजार ३ सय, २०७८ को पाठ्यपुस्तक खरिद २ लाख ४४ हजार ६ सय १२, दिवा खाजा सामाग्री ब्यबस्थापन २३ हजार ५ सय ९०, एसइइ प्रमाणपत्र शुल्क राजस्व दाखिला ९ हजार ५ सय, बिद्यालय होमस्टे सामग्री ब्यबस्थापन ३७ हजार ५ सय २०, परिक्षा सञ्चालन कम्प्युटर मर्मत ४५ हजार ९ सय ३० रुपैया खर्च तर्फ रहेको छ ।

भौतिक पूर्वाधार मर्मत सम्भार ९ हजार ५ सय, स्टेशनरी प्रशासनिक मसलन्द १ लाख १३ हजार ४ सय ७०, कक्षा ९, १० राजस्व दाखिला ३५ हजार ६०, सिद्धार्थ हार्डवेयर ३ लाख १७ हजार, एसुधा डेस्कटप खरिद १६ हजार ५ सय, विज्ञान प्रयोगशाला सामान खरिद ५ लाख १५ हजार २ सय ५, बिद्यार्थी पोषाक खरिद १ लाख २५ हजार, राजेश कुमार पुनलाई बाँकी तलब २६ हजार, सवारी साधन मर्मत सम्मार ३१ हजार ५०, इन्धन खर्च १८ हजार ४ सय ३० र विविध २३ हजार ८ सय गरी जम्मा ६१ लाख ३० हजार २६ रुपैयाँ खर्च भएको सहायक प्रधानाध्यापक केसीले बताउँनुभयो ।

बि.स. २०४४ सालमा स्थापना भएको बिद्यालय हाल बालबिकास देखि कक्षा १२ सम्म रहेको छ । बिद्यालयमा जम्मा ३ सय ९९ जना बिद्यार्थीको संख्या रहेको छ ।

प्रकाशित मिति: बुधबार, मंसिर २२, २०७८  ०६:१२
प्रतिक्रिया दिनुहोस्