Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

अध्ययन भ्रमण सकेर युवा टिम भूमे फर्कियो

२०७८ मंसिर २२
tribeni2

रुकुम पूर्व / म्याग्दी र पर्वत जिल्लाको अध्ययन भ्रमण पश्चात युवा विकास केन्द्रको टिम भूमेका फर्किएको छ । साता व्यापी भ्रमण सकेर आएको उक्त टिमले अव भूमेमा पर्यटन प्रवर्धनका साथै रोजगार सिर्जना गर्ने जनाएको छ ।

यही मंसिर १४ गते देखि १९ गते सम्म म्याग्दी र पर्वत जिल्लाका विभिन्न ठाउँमा युवा विकास केन्द्र भूमेले अध्ययन भ्रमण गरेको थियो । अध्ययन भ्रमण सकेर गाउँपालिकाका फर्केको युवा विकास केन्द्रले गाउँपालिकामा सम्भावना बोकेको पर्यटकीय स्थललाई थप विकास गरी पर्यटन प्रवर्धनका साथै युवाहरूलाई रोजगारसँग जोड्न सकिने जनाएको छ ।

युवा विकास केन्द्रका अध्यक्ष सुनिलकुमार रोका मगरले मौलिकतालाई जोगाई भौतिक संरचना निर्माण गर्नुपर्ने र युवाले स्वउद्यमशीलतातर्फ ध्यान दिनुपर्ने बताउनुभयो । युवाहरूले आफ्नो ठाउँबाट जागरुप भएमा परिवर्तनका सोच पैदा हुन्छ र उदाहरणीय काम गर्न सकनिे उहाँको भनाई छ । अध्ययन भ्रमणबाट सिकेका कुरालाई आफ्नो गाउँपालिकाको पर्यटकीय स्थललाई आर्थिक उपार्जनको रुपमा लिएर रोजगारी सिर्जना गर्ने माध्यम बनाउनुपर्ने अध्यक्ष रोका मगरले उल्लेख गर्नुभयो ।

परिवर्तनका वाहक युवाहरू नै रहेको गाउँपालिकाका अध्यक्ष रामसुर बुढा मगरले बताउनुभयो । योग्य जनशक्ति हुनका लागि युवामा लगनशील र सकारात्मक सोचको गुण हुनुपर्ने भन्दै अध्यक्ष बुढा मगरले समाजमा उदाहरणीय काम गर्छु भनी दृढ संकल्पका साथ युवाहरूको योजना आएमा आफ्नो तर्फबाट स्रोत खोजिदिने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

भ्रमण सकेर गाउँपालिका फर्केका युवा विकास केन्द्रका टिमलाई गाउँपालिकाका उपाध्यक्ष मनकुमारी बुढा (विष्ट)ले उक्त भ्रमणले युवाहरूको क्षमता विकासमा योगदान पुगेको बताउनुभयो । भ्रमणबाट सिकेको कुरालाई युवाहरूले अब केही नयाँ काम गरेर देखाउनु पर्नेमा उपाध्यक्ष बुढाको जोड रहेको छ ।

 

प्रकाशित मिति: बुधबार, मंसिर २२, २०७८  ०६:१२
प्रतिक्रिया दिनुहोस्