Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

नेभ्लाको १० औं जिल्ला अधिवेशन सम्पन्न

२०७८ मंसिर २२
tribeni2

रुकुम पश्चिम / नेपाल पारा भेटेरिनरी एण्ड लाइभष्टक एशोसीएसन (नेभ्ला) रुकुम पश्चिमको १० औं जिल्ला अधिवेशन सम्पन्न भएको छ ।

बुधवार मुसिकोटमा सम्पन्न जिल्ला अधिवेशनले शिवराज महतराको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । एशोसीएसनको उपाध्यक्षमा रुपा पुन, सचिवमा गोपाल ओली र कोषाध्यक्षमा विष्णुकुमारी खड्का चयन हुनुभएको छ ।

नवगठित कार्य समितिको सदस्यहरुमा भोपेन्द्र मल्ल, इन्दु केसी, गीता बोहरा, रमीता पुन, शेर बहादुर ओली, प्रेम बहादुर राणा र प्रेमप्रकाश ओली चयन हुनुभएको एशोसीएसनका निवर्तमान अध्यक्ष रिम बहादुर खड्काले जानकारी दिनुभयो ।

जिल्ला अधिवेशन रिम बहादुर खड्काको अध्यक्षतामा र पशु अस्पताल तथा पशु सेवा कार्यालयका प्रमुख ज्ञानुकुमार शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

प्रकाशित मिति: बुधबार, मंसिर २२, २०७८  १५:१२
प्रतिक्रिया दिनुहोस्