Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

ओरेक नेपालद्वारा सञ्चारकर्मीहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

२०७८ मंसिर २३
tribeni2

रुकुम पश्चिम / महिला पुर्नस्थापना केन्द्र (ओरेक) नेपालले रुकुम पश्चिममा सञ्चारकर्मीहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

आज जिल्ला सदरमुकाम मुसिकोटमा लंैगिक हिंसा र महिला स्वास्थ्य समस्या बिषयमा सन्चारकर्मीहरुको भुमिका बिषयक छलफल कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा ओरेकका जिल्ला संयोजक दिपा धितालले एक अवधारणा पत्र प्रस्तुत गर्नु भएको थियो । ३० औं अन्तर्राष्ट्रिय महिला हिंसा विरुद्ध अभियान २०२१ को अवधारणा, १६ दिने अभियानको उद्देश्य र घर तथा समाजमा महिलाको अवस्था विषयमा प्रस्तुति गर्नुभएको थियो ।

उहाँले महिला हिंसा विरुद्धको १६ दिने अभियानमा ओरेक रुकुमले जिल्लामा गरेको गतिविधिको समेत जानकारी गराउँनुभएको थियो । त्यसैगरि ओरेक नेपालले हालै रुकुममा सन्चालन गरेको स्वास्थ्य शिविर, त्यसको उद्देश्य र प्रतिफलका बिषयमा पनि बताउँनुभएको थियो ।

उक्त अन्तरक्रिया कार्यक्रममा ओरेकले गरेका गतिविधिको विषयमा सञ्चारकर्मीहरुले कार्यक्रमहरु प्रभावकारी रहेको प्रतिक्रिया दिएका थिए ।
अन्तरक्रिया कार्यक्रम नेपाल पत्रकार महासंघ रुकुमको समन्वयमा सम्पन्न भएको थियो ।

 

प्रकाशित मिति: बिहीबार, मंसिर २३, २०७८  १२:१२
प्रतिक्रिया दिनुहोस्