Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

नाच हेर्न गएका बोहराको शव भेटियो

२०७८ मंसिर २३
tribeni2

सल्यान / साथीहरुसँग बिहेको नाच हेर्न गएका सल्यानका एक किशोर मृत अवस्थामा फेला परेका छन् ।

जिल्लाको कपुरकोट गाउँपालिका वडा नम्वर ५ का १६ वर्षीय टेक बहादुर बोहराको शव बिहिवार भेटिएको प्रहरीले जनाएको छ । बोहराको शव कपुरकोट गाँउपालिका वडा नम्वर ५ ओखरपाटा भन्ने स्थानमा फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

बुधवार साथीहरूसँग बिहेमा नाच हेर्न गएका का उनी घर नफर्किएपछि मृतकका परिवारले प्रहरीलाई खबर गरेको थिए ।

प्रहरी र स्थानीयले खोज तलास गर्ने क्रममा बिहीबार दिउँसो ओखरपाटाको भिरमा भेटिएको थियो । उनको शव सडकबाट करिब ५० मिटर तल बारीमा भेटिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

घटनाको बारेमा थप अनुसन्धान कार्य भइरहेको जनाईएको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर २३, २०७८  १८:१२
प्रतिक्रिया दिनुहोस्