Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

आज देखि सल्ले अस्पतालमा डाक्टर गोविन्द केसीले निशुल्क उपचार गर्दै

२०७८ मंसिर २४
tribeni2

रुकुम पश्चिम / चिकित्सा क्षेत्र सुधारको लागि सरकारसँग विभिन्न माग राख्दै आउनु भएका हाडजोर्नी विशेषज्ञ डाक्टर गोविन्द केसीले आज देखि रुकुम पश्चिमको जिल्ला अस्पतालमा विरामीको निशुल्क सेवा गर्न थाल्नुभएको छ ।

बाग्लुंग, रुकुम पूर्वका बिरामीहरुको उपचार गरेर बिहिबार रुकुम पश्चिमको मुसिकोट आईपुग्नु भएका डाक्टर केसीले एक हप्ता सम्म जिल्ला अस्पताल सल्लेमा रहेर निशुल्क बिरामीको उपचार गर्ने बताउनुभयो ।

दुर्गमका जनताको सेवा गर्ने रहर भएकोले आफ्नै खर्चमा सेवा गर्दै हिडेको उहाँले बताउनुभयो । 'दुई हप्ता रुकुम पूर्वको अस्पतालमा रहेर बिरामीको उपचार गरेर यहाँ आएको छु,' डाक्टर केसीले भन्नुभयो, 'अब यतैबाट सल्यानका जनताको सेवा गर्न जान्छु ।'

हाडजोर्नि तथा नशा सम्बन्धिका विरामीको उपचार र परामर्शका लागि यहाँका सर्वसाधारणले डाक्टर केसीबाट प्रभावकारी सेवा पाउने बताईएको छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर २४, २०७८  ०८:१२
प्रतिक्रिया दिनुहोस्