आज रमेश खरेलले नयाँ पार्टी दर्ता गर्दै

२०७८ मंसिर २४

काठमाण्डौ / नेपाल प्रहरीका पूर्व प्रहरी नायब महानिरीक्षक (डीआईजी) रमेश खरेलले नेपाल सुशासन अभियान नामक पार्टी गठन गर्नुहुने भएको छ ।

नेपाल सुशासन अभियान नामक समूह सञ्चालन गरिरहनुभएका खरेलले आज पार्टी गठन गर्न लागिएको विज्ञप्तिमार्फत जानकारी दिनुभएको छ ।

हिजो बिहीवार बेलुकी जारी गरिएको विज्ञप्तिमा उहाँले राजनीतिक अस्थिरता, कुशासन, भ्रस्टाचार जस्ता कारणले देशले गति लिन नपाएको भन्दै नयाँ पार्टी गठन गर्न लागिएको बताउनुभएको छ ।

खरेलले एक नयाँ आयामका रूपमा सबै नेपालीको मर्म बुझ्न सक्ने गरी नेपाललाई सफल र शक्तिशाली देशका रूपमा स्थापित गर्ने उद्देश्यले पार्टी गठन गर्न लागिएको जानकारी दिनुभएको छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर २४, २०७८  ०८:१२
प्रतिक्रिया दिनुहोस्