Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

मुसिकोटमा लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियानको समापन

२०७८ मंसिर २४
tribeni2

रुकुम पश्चिम / जिल्ला सदरमुकाम मुसिकोटमा लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियानको समापन गरिएको छ । बिभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाको सहयोग तथा समन्वयमा नगरपालिकाले गत मंसिर ९ गते अभियानकाे सुरुवात गरेको थियो ।

“घरैबाट शुरु गरौं, महिला हिंसा अन्त्य गरौं” भन्ने राष्ट्रिय नाराका साथ मनाईएको लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान आज समापन गरिएको हो । अभियान अन्तर्गत नगरपालिकाका १४ वटै वडाका बिभिन्न स्थानमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानका कार्यक्रमहरु गरिएको थियो ।

लैंगिक हिंसा, घरेलु हिंसा र महिला हिंसा तथा बाल शोषण, यौन हिंसा र वाल विबाह न्युनिकरण लगायतका बिषयमा अन्तरक्रिया, छलफल र बक्तृत्वकला प्रतियोगिता गरिएको नगरपालिका अन्तरगत महिला, वालवालिका तथा जेष्ठ नागरिक शाखाकी सहायक पाँचौं कमला मल्लले जानकारी दिनुभयो ।

अभियानको समापन कार्यक्रम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरी तिवारीको अध्यक्षतामा भएकाे हो ।

प्रकाशित मिति: शुक्रबार, मंसिर २४, २०७८  १६:१२
प्रतिक्रिया दिनुहोस्