Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सिके राउतसँगको सम्झौताबारे संसदमा सरकारको जवाफ

काठमाडौं २६ फागुन
tribeni2

प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले सिके राउतसँग सरकारले गरेको सहमतिमा प्रश्न उठाएको छ । सहमतिमा आशंका व्यक्त गर्दै काँग्रेसले सदनमा बिरोध गरेको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा काँग्रेस नेता मिनेन्द्र रिजालले सिके राउतसँग भएको सहमतिको बुँदा नम्बर दुईका विषयमा प्रष्ट पार्न सरकारसँग माग गरे ।

अर्का नेता गगन थापाले सहमतीका बारेमा सदनमा जानकारी गराउँदै यस विषयमा संसदमा छलफलको वातावरण बनाउनुपर्नेमा जोड दिए ।

प्रतिनीधिसभाको बैठकमा प्रतिपक्षीमात्र नभई सत्तारुढ नेपाल कम्यूष्टि पार्टी नेकपाका नेता भीम रावलले समेत सम्झौतामा प्रयोग गरिएका शब्दहरु नेपालको संविधान अनुकुल नरहेको दोहोर्याउँदै सहमतीमा भएका त्रुटीहरु सच्याउन सरकारलाई सुुझाव दिए ।

सदनमा जवाफ दिदैं गृहमन्त्री रामबहादुर थापा बादलले जनमत संग्रह गर्ने भन्ने कुरा गलत भएको बताए । उनले राउतसंगको सहमतिमा जनमत संग्रह गर्ने कहि कतै उल्लेख नभएको प्रष्ट पारे ।

प्रकाशित मिति: आइतबार, फागुन २६, २०७५  २१:०३
प्रतिक्रिया दिनुहोस्