Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम अदालतद्वारा पहिलो पटक घरेलु हिंसाको मुद्धामा फैसला

प्रतिवादीलाई पाँच हजार जरिवाना र एक लाख क्षतिपुर्तिको आदेश
२०७८ मंसिर २४
tribeni2

रुकुम पश्चिम / महिला हिंसा बिरुद्धको १६ दिने अभियान चलिरहेको बेला रुकुम जिल्ला अदालतमा पहिलो पटक घरेलु हिंसाको मुद्धामा फैसला भएको छ ।

जिल्लाको त्रिवेणी गाउँपालिका वडा नम्वर ७ का राम बहादुर खड्का बिरुद्ध परेको घरेलु हिंसाको मुद्धामा फैसला भएको हो । 

गत मंगलबार रुकुम जिल्ला अदालत मुसिकोटका न्यायाधीस बिद्याराज पौडेलको इजलासले प्रतिवादी खड्कालाई पाँच हजार जरिवाना र एक लाख क्षतिपुर्तिको फैसला गरेको जिल्ला अदालतका श्रेष्तेदार कृतबहादुर बोहराले बताउँनुभयो । श्रेष्तेदार बोहराका अनुसार खड्का बिरुद्ध निजको श्रीमती अमृता केसीले घरेलु हिंसा गरेको भन्दै मुद्धा दायर गर्नुभएको थियो ।

नेपाल बार एशोसियसन रुकुम पश्चिमका अध्यक्ष गणेश हमालले घरेलु हिंसाको मुद्धामा जिल्लामै पहिलो पटक फैैसला भएको बताउँनुभयो । अध्यक्ष हमालले विश्वभर महिला हिंसा विरुद्धको अभियान चलिरहेकै बेला जिल्ला अदालतबाट महत्वपूर्ण फैसला भएको समेत जनाउँनुभयो ।

 

प्रकाशित मिति: शुक्रबार, मंसिर २४, २०७८  १६:१२
प्रतिक्रिया दिनुहोस्