Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

गर्भवती महिलाको हेलिकप्टर मार्फत उद्धार

२०७८ मंसिर २४
tribeni2

रुकुम पुर्व / अत्याधित रक्तश्रावको कारण ज्यान जोखिममा रहेकी एक गर्भवतीलाई रुकुम पूर्वबाट हेलिकप्टर मार्फत उद्धार गरिएको छ ।

जिल्लाको पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर २ पेल्माकी १८ वर्षीया रोदना कामीलाई आज हेलिकोप्टरबाट उद्धार गरिएको हो । रोदनालाई हेलिकप्टर मार्फत प्रदेश अस्पताल सुर्खेत लगिएको बताईएको छ ।

सात महिनाकी गर्भवती रोदनाको अत्याधिक रक्तश्राव भएपछि स्वास्थ्य चौकि पेल्मा लगिएको र त्यहाँपनि रक्तश्राव नरोकिएपछि हेलिकप्टर मार्फत सुर्खेत लगिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बास्कोटाले बताउनुभयो ।

नेपाली सेनाको हेलिकप्टर मार्फत आज दिउँसो सुर्खेत पठाइएको हो ।

प्रकाशित मिति: शुक्रबार, मंसिर २४, २०७८  १९:१२
प्रतिक्रिया दिनुहोस्