Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सोसेकद्धारा राउटे समुदायमा खाद्यन्न सहयोग

२६ मंसिर ,२०७८
tribeni2

सुर्खेत / सुर्खेतको सिम्ता गाउँपालिका –४ कालीखोलामा बसोबास गर्दै आएका राउटे समुदायलाई खाद्यन्न सहयोग गरिएको छ ।

सामाजिक सेवा केन्द्र सोसेकद्धारा शनिवार एकलाख १३ हजार बराबरको खाद्यन्न सहयोग गरिएको हो । चितुवा व्राण्ड सोना ६६ हजार को ५५ बोरा चामल,मसुरो दाल १६ हजार पाँचसयको एकसय १० केजी दाल बितरण गरिएको छ । 

त्यस्तै ४४ केजी खुर्सानी,एकसय १० केजी नुन सहित एकलाख १३ हजार चारसय २१ रुपैयाँ बराबरको खाद्यन्न सहयोग गरिएको सामाजिक सेवा केन्द्र सोसेकका अध्यक्ष हिरासिंह थापाले बताए । ‘चिसो बेसँगै भेरीको किनारमा राउटेहरुलाई खाद्यन्न अभाव भएकाले सामाजिक सेवा केन्द्र सोसेकद्धारा खाद्यन्न सहयोग गरिएको हो ।’

सामाजिक सेवा केन्द्र सोसेकले खाद्यन्न वितरणपश्चात् राउटे मुखिया दिल बहादुर शाही खुशि हुँदै भने,‘चिसो बढेसँगै चामल सकिएको थियो । के खाउँला भन्ने चिन्ता बढेको थियो ।  अहिले सोसेकले चामल पठाउँदा खुशि भएसँगै त्यो चिन्ता हटेको छ ।’

प्रकाशित मिति: आइतबार, मंसिर २६, २०७८  ११:१२
प्रतिक्रिया दिनुहोस्