Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

दाङमा जीप दुर्घटना हुदाँ सल्यानका तीन जनाको मृत्यु

२०७८ मंसिर २६
tribeni2

दाङ/ दाङमा आज आइतवार जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । तुलसीपुरबाट सल्यान कपुरकोट जाँदै गरेको रा १ ज ४३८ नम्बरको जीप दुर्घटना हुँदा अन्य १६ जना घाइते भएका छन् ।

उक्त दुर्घटनाबाट ज्यान गुमाउनेमा सल्यान कपुरकोट गाउँपालिका ४ का ४८ वर्षीय प्रेमप्रकाश शर्मा, सोही ठाउँकी ४६ वर्षीया सौनी घर्ती र ४६ वर्षीय कर्णबहादुर खड्का छन् । तुलसीपुर–३ सिरखोला नजिकै जीप दुर्घटना भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) श्यामु अर्यालले जानकारी दिनुभयो ।

जीपको ब्रेक फेल हुँदा दुर्घटना भएको बताईएको छ । जीप सडकबाट तल खसेको थियो । घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, मंसिर २६, २०७८  १९:१२
प्रतिक्रिया दिनुहोस्