एमालेले सातै प्रदेशमा तोक्यो अध्यक्ष र इन्चार्ज

२०७८ मंसिर २६

काठमाण्डौ/नेकपा एमालेले सात वटै प्रदेशमा अध्यक्ष र इन्चार्ज तोकेको छ । आज भक्तपुरमा बसेको केन्द्रीय कमिटीको बैठकले सातै प्रदेशमा अध्यक्ष र इन्चार्ज तोकेको हो ।

बैठकले प्रदेश १ को अध्यक्षमा तुलसी न्यौपाने र इन्चार्जमा देवराज घिमिरेलाई तोकेको छ । यस्तै प्रदेश २ को अध्यक्षमा रामअवतार यादव र इन्चार्जमा रघुवीर महासेठ, वाग्मती प्रदेशको अध्यक्षमा केशवराज पाण्डे र इन्चार्जमा काशीनाथ अधिकारी तथा गण्डकी प्रदेशको अध्यक्षमा नवराज शर्मा र इन्चार्जमा पद्मा अर्याल चयन हुनुभएको छ ।

यसैगरी लुम्बिनी प्रदेशको अध्यक्षमा राधाकृष्ण कँडेल र इन्चार्जमा छविलाल विश्वकर्मा, कर्णाली प्रदेशको अध्यक्षमा विनोदकुमार शाह र इन्चार्जमा यमलाल कँडेल तथा सुदूरपश्चिम प्रदेशको अध्यक्षमा दामोदर भण्डारी र इन्चार्जमा लेखराज भट्ट चयन हुनुभएको छ ।
साथै केन्द्रीय कमिटी बैठकले काठमाण्डौ उपत्यका विशेष अध्यक्षमा प्रेम पराजुलीलाई तोकेको छ ।

प्रकाशित मिति: आइतबार, मंसिर २६, २०७८  २०:१२
प्रतिक्रिया दिनुहोस्