Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

अखिल क्रान्तिकारीको कर्णाली प्रदेश अध्यक्षमा राजेन्द्र, उपाध्यक्षमा तुल चयन

२७ मंसिर २०७८
tribeni2

सुर्खेत /अखिल क्रान्तिकारी कर्णाली प्रदेशको अध्यक्षमा राजेन्द्र बुढा चुनिनुभएको छ । २२ औं सम्मेलनबाट केन्द्रिय अध्यक्ष बनेकी पन्चा सिंहले आज संगठनको लेटरप्याडमा निकालेको लिष्ट अनुसार बुढाको नाम अध्यक्षमा रहेको  छ ।

यस्तै क्रान्तिकारीको प्रदेश उपाध्यक्षमा तुल देवकोटा, मोति रम्तेल, नवराज शाही र सपना आरसी रहेका छन भने प्रमुख सचीवको जिम्मेवारी अटल आचार्यले प्राप्त गर्नुभएको छ ।

सचीवमा मिनराज आचार्य, ठगेन्द्र पुन,पेम्बा लामा र झरणा चन्द रहनुभएको छ भने कोषाध्यक्षमा हिक्मत शाही चुनिनु भएको छ ।

यस अघि नै प्रदेश सम्मेलनले १९९ जनाको प्रदेश कमिटी टुंगो लगाइ सकेको भए पनि पदाधिकारीले भने आज पुर्णता पाएको छ ।

प्रकाशित मिति: सोमबार, मंसिर २७, २०७८  ११:१२
प्रतिक्रिया दिनुहोस्