Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सुशील बिष्टद्वारा केन्द्रिय सदस्य पद अस्विकार

२७ मंसिर २०७८
tribeni2

रुकुम पश्चिम/अखिल क्रान्तिकारीका केन्द्रिय सदस्यमा चुनिनु भएका सुशील बिष्टले आफ्नो केन्द्रिय सदस्य पद अस्विकार गर्नुभएको छ ।

केन्द्रिय अध्यक्ष पन्चा सिंहले आज जारी गरेको विज्ञप्तिमा जिल्लाबाट बिष्टको नाम केन्द्रिय सदस्यमा उल्लेख गरिएको थियो।

उक्त विज्ञप्ति जारी गरिए लगत्तै बिष्टले जिल्लाको अधिवेशनमा जीवन  खड्कालाई केन्द्रिय सदस्य बनाउने आन्तरिक सहमती  भएपनी आफ्नो नाम र आफुलाइ विवादमा ल्याउने उद्देश्यले नेतृत्वले नाम लिष्ट फरक ल्याएको भन्दै आपत्ती जनाएको उल्लेख गर्दै विज्ञप्ति बाहिर ल्याउनुभएको हो ।

उहाँले आफ्नो केन्द्रिय सदस्यमा बस्ने मनशाय नभएकोले जिल्लाको सहमति अनुसार जीवन खड्कालाइ नै केन्द्रिय सदस्य बनाउनुपर्ने र आफू प्रदेश समितीमा बसेर संगठनले दिएको जिम्मेवारी पुर्ण रुपमा निर्वाह गर्ने पनि विज्ञप्तिमा उल्लेख गर्नुभएको छ।

प्रकाशित मिति: सोमबार, मंसिर २७, २०७८  १२:१२
प्रतिक्रिया दिनुहोस्