Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

इन्सेकको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न

२७ मंसिर २०७८
tribeni2

रुकुम पश्चिम/अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), रुकुम पश्चिमले नेपाल मानव अधिकार वर्ष पुस्तक, २०२२ को लागी वार्षिक समिक्षा कार्यक्रम सम्पन्न गरेको छ ।

आज सोमबार जिल्ला सदरमुकाम मुसिकोटमा विभिन्न सरोकारवालाहरुको विचमा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि मनिषा के.सी.ले गत एक वर्षको अवधिमा भए गरेका मानव अधिकार उलंघन र हिंसाका घटनाहरुको विषयमा एक अवधारणा पत्र प्रस्तुत गर्नुभएको थियो ।

उहाँले जिल्लामा पछिल्लो चरणमा मानव अधिकार उलंघन र हिंसाका घटना बढेको समेत बताउदै इन्सेकको प्रतिबेदन पनि सार्वजनिक गर्नुभएको थियो । जिल्लामा अधिकारवादीहरुले पैरवीका कार्यहरु गरिरहेको र पैरवी र वकालतका कार्यहरु गर्दा गर्दै पनि जम्मा ५८ वटा घटना अभिलेख भएको के.सी.ले जानकारी दिनुभयो । प्रतिबेदनमा नागरिक तथा राजनैतिक अधिकारका ८ वटा, बाल अधिकारका १२ वटा र महिला बिरुद्ध हुने सबै प्रकारका भेदभाव र दुर्ब्यवहारसँग सम्वन्धित ३८ घटनाहरु समाबेश छन् ।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी प्रमेश शिवा, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डेकेन्द्र शर्मा, जिल्ला बार एसोसिएसन रुकुमका अध्यक्ष गणेश हमाल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा सबै सरोकारवालाहरुले सुझाव सहितको प्रतिक्रिया दिनुभएको थियो ।

 

प्रकाशित मिति: सोमबार, मंसिर २७, २०७८  १६:१२
प्रतिक्रिया दिनुहोस्