Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

पहिलो दिनमै चितवनलाई दुई स्वर्ण

चितवन २६ फागुन
tribeni2

आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि नुवाकोटमा सुरु भएको सितेरियो कराँतेको प्रदेश नम्बर ३ स्तरीय छनौट प्रतियोगिताको पहिलो दिन नै चितवनले दुई वटा स्वर्ण पदक प्राप्त गरेको छ ।

तीन दिनसम्म हुने प्रदेशस्तरीय छनौट प्रतियोगिताको उद्घाटन खेलमा चितवनले दुई वटा स्वर्ण तथा एउटा कास्य प्राप्त गरेको छ । नुवाकोट कबर्ड हलमा भएको प्रतियोगितामा ७४ किलो समूहमा चितवनका किशोर लामा र ८४ किलो भन्दा कम तौल समूहमा प्रमिश तामाङले स्वर्ण पदक प्राप्त गरेका हुन् । चितवन जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख रामजी ढकालका अनुसार ८४ किलो भन्दा बढी तौल समूहमा सुमन तामाङले कास्य पदक प्राप्त गरेका छन् ।

चितवनबाट १२ जना खेलाडी सहभागी भएको सितेरियो कराँतेमा आइतबार चार जनाले प्रतिस्पर्धा गरेका ढकालले जानकारी दिए । मंगलबारसम्म हुने छनौट खेलमा चितवनका आठ जना खेलाडीले खेल्न बाँकी नै रहेकाले सितेरियो कराँतेको पदक बढ्ने ढकालको भनाइ छ ।

प्रकाशित मिति: आइतबार, फागुन २६, २०७५  २१:०३
प्रतिक्रिया दिनुहोस्