Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

देउवालाई पुगेन ८२ मत , सभापति पदमा लागि दोस्रो चरणमा देउवा र कोइरालाबीच प्रतिस्पर्धा

२०७८ मंसिर २८
tribeni2

काठमाडौं / नेपाली कांग्रेसको १४ औ महाधिवेशनमा भएको मतदानबाट सभापति पदमा बहुमत नआउँदा पुनः मतदान हुने भएको छ ।

मंगलबार बिहान सकिएको मतगणनामा सभापतिका उम्मेदवार शेरबहादुर देउवाले अरुले भन्दा बढी मत पाए पनि निर्वाचित हुन आवश्यक बहुमत जुटाउन सकेनन् । कांग्रेसको बिधान अनुसार सभापति पदमा निर्वाचित हुन खसेको कूल मतको बहुमत चाहिन्छ ।

आइतबार भएको मतदानमा ४ हजार ६ सय ७९ मत खसेको थियो । यस अनुसार कुनै पनि उम्मेदवार निर्वाचित हुन २ हजार ३ सय ४० मत चाहिन्थ्यो ।
मतगणनामा देउवाले सुरुदेखि नै अग्रता लिए पनि देउवाले २ हजार २ सय ५८ मत मात्र पाए । उनलाई सभापति निर्वाचित हुन ८२ मत पुगेन ।

अर्का उम्मेदवार शेखर कोइरालाले १ हजार ७ सय ४९ मत पाएका छन् । अब दोस्रो चरणमा सभापतिका लागि देउवा र कोइरालाबीच प्रतिस्पर्धा हुनेछ ।

तेस्रो स्थानमा रहेका प्रकाशमान सिंह, चौथो स्थानमा रहेका बिमलेन्द्र निधि र पाँचौ स्थानमा रहेका कल्याण गुरुङ भने सभापतिको दौडबाट बाहिरिएका छन् । 

दोश्रो चरणको मतदान आजै हुने बताइएको छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर २८, २०७८  ०९:१२
प्रतिक्रिया दिनुहोस्