Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

महिला मानव अधिकार रक्षक संजालको नयाँ कार्यसमिति चयन, अध्यक्षमा ब्युँझना पुन

२८ मंसिर २०७८
tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिममा महिला मानव अधिकार रक्षक संजालले सर्वसम्मत ब्युँझना पुन देवकोटाको अध्यक्षतामा २३ सदस्य रहेको नयाँ कार्यसमिति चयन गरेको छ ।

मंगलबार जिल्ला सदरमुकाम मुसिकोटमा भएको संजालको ८ औं वार्षिक साधारण सभाबाट ब्युँझना अध्यक्षमा चुनिनुभएको हो ।

यस्तै संजालमा उपाध्यक्षको जिम्मेवारी चन्द्री महतराले प्राप्त गर्नुभएको छ भने सचिव रचना मल्ल हुनुहुन्छ । यस्तै सहसचिवमा सुमित्रा घर्ती र कोषाध्यक्षमा खिमा डागी चुनिनुभएको छ ।

विभिन्न सरोकारवालाहरुको उपस्थिति रहेको साधारण सभा निवर्तमान अध्यक्ष कल्याणी खड्काको अध्यक्षतामा सुरु भएको थियो । 

संजालकी संस्थापक अध्यक्ष सुमित्रा रोकायको प्रमुख आतिथ्यता र पुर्व अध्यक्ष रमा गौतमको विशेष आतिथ्यता रहेको कार्यक्रमको संचालन ब्युँझना पुन देवकोटाले गर्नुभएको थियो ।

प्रकाशित मिति: मंगलबार, मंसिर २८, २०७८  १८:१२
प्रतिक्रिया दिनुहोस्