Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पूर्वमा क्षयरोगका बिरामी पहिचानमै समस्या

पर्याप्त प्रयोगशाला र जनशक्ति अभाव
२०७८ मंसिर २८
tribeni2

रुकुम पूर्व / पर्याप्त प्रयोगशाला र जनशक्ति अभाव हुँदा रुकुम पूर्वमा क्षयरोगका बिरामीहरु पत्ता लाग्न सकेका छैनन् । नागरिकको पहुँचमा क्षयरोगको परिक्षण गर्ने प्रयोगशाला नभएको र प्रयोगशाला भएको ठाउँमा तालिमप्राप्त स्वास्थ्यकर्मी नहुँदा क्षयरोगका बिरामी पहिचान र उपचार गर्न समस्या भएको स्वास्थ्य कार्यालय रुकुम पूर्वले जनाएको छ ।

अहिले जिल्लाको रुकुम पूर्व अस्पतालसहित कोल प्राथमीक स्वास्थ्य केन्द्र, भूमेको काँक्रि र चुनबाङ, सिस्नेको स्यालापाखामा क्षयरोग परिक्षण गर्ने प्रयोगशाला छन् । तर रुकुम पूर्व अस्पतालबाट मात्रै क्षयरोगका बिरामीहरुको जाँच हुने गरेको स्वास्थ्य कार्यालय रुकुम पूर्वका ल्याब टेक्निसीयन एवम् क्षयरोगका फोकल पर्सन नीमप्रसाद गीरीले बताउनुभयो ।

कोलमा स्रोतसाधन र जनशक्ति हुदाहुँदै पनि बिरामीहरु नआउदा चेकजाँचको काम हुन नसकेको गीरीले बताउनुभयो । भूमेको काँक्रि र चुनबाङ, सिस्नेको स्यालापाखामा आवश्यक स्रोत साधनसहित तालिम प्राप्त जनशक्ति नहुँदा समस्या भएको उहाँको भनाईछ ।

अहिले जिल्लामा १६ जना मात्र क्षयरोगका बिरामीहरु पत्ता लागेका छन् । जिल्ला भित्र र जिल्ला बाहिर गरिएको विभिन्न परिक्षणहरुमा उनिहरुलाई क्षयरोग देखिएको हो । ती सबैले औषधी सेवन गरिरहेका छन् । भूमेमा र सिस्नेमा ६/६ जना तथा पुथाउत्तरगंगामा ४ जना क्षयरोगका बिरामी रहेको तथ्याङ्क स्वास्थ्य कार्यालयसँग छ । जिल्लामा अझै धेरै क्षयरोगका बिरामीहरु हुन सक्ने अनुमान छ ।

सबै नागरिकको पहुँचमा प्रयोशाला नहुँदा क्षयरोगका बिरामीहरु पत्ता लाग्न नसकेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

जिल्लामा क्षयरोगका बिरामीहरुलाई आवश्यक पर्ने औषधी भने पर्याप्त मात्रामा रहेको बताइएको छ । स्वास्थ्य कार्यालयले यस वर्ष भने तालिम नपाएकाहरुलाई तालिम प्रदान गरेर सबै ल्याबहरुबाट क्षयरोगको परिक्षण थाल्ने योजना बनाएको छ ।

अहिले जिल्लामा पर्याप्त मात्रामा प्रयोगशाला नहुँदा यो समस्या देखिएको बताउदै क्षयरोग फोकल पर्सन गीरीले राज्यले हरेक स्वास्थ्यचौकीमा क्षयरोग परिक्षणको लागि प्रयोगशाला पनि स्थापना गर्नुपर्ने बताउनुभएको छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर २८, २०७८  २१:१२
प्रतिक्रिया दिनुहोस्