Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

मावि तहको १ हजार ५ सय ४७ शिक्षकको लागि विज्ञापन खुला

२०७८ मंसिर २९
tribeni2

काठमाडौं / शिक्षक सेवा आयोगले माध्यामिक तहको शिक्षक पदपुर्तिकको लागि खुला विज्ञापन गरेको छ । माध्यामिक तहको १ हजार ५ सय ४७ शिक्षकको नयाँ पदपूर्तिको लागि खुला विज्ञापन गरेको हो ।

आयोगको अनुसार पुस १ गतेदेखि २९ गतेसम्म नियमित शुल्कमा र माग ६ गतेसम्म अबिलम्ब शुल्कमा परीक्षा आवेदन फाराम भर्नुपर्ने छ । साथै चैत्र १५ परीक्षा सञ्चालन गरीने जनाएको छ ।

परीक्षा आवेदन फारम म्यानुअल नभई अनलाइनबाटै भर्ने व्यावस्था गरेको जनाएको छ । म्यानुअलबाट फारम भराउँदा समय लाग्ने भएकोले अनलाइनबाटै फारम भर्ने व्यावस्था गरीएको सूचना अधिकारी सुदर्शन मरहट्टाले बताए । पहिलो पटक आयोगले अनलाइनबाट आवेदन दिन सकिने व्यवस्था गरेको हो ।

प्रकाशित मिति: बुधबार, मंसिर २९, २०७८  ०७:१२
प्रतिक्रिया दिनुहोस्