Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

माओवादी केन्द्रको कर्णाली प्रदेश कमिटिमा २ सय ११ सदस्य चयन, पदाधिकारी टुंगो लागेन

२०७८ मंसिर २९
tribeni2

सुर्खेत / नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशको प्रथम सम्मेलन मंगलबार सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न भएको छ । सम्मेलनले २ सय ११ जना प्रदेश कमिटी सदस्य चयन गरेको छ ।

कमिटिको सदस्यहरुमा रुकुम पश्चिमबाट ३२, सल्यान र कालीकोटबाट २९/२९, जाजरकोटबाट २६, सुर्खेतबाट २१, जुम्ला र हुम्लाबाट १८/१८, दैलेखबाट १७, डोल्पाबाट ११ र मुगुबाट १० जना प्रदेश सदस्यमा चयन भएका छन् ।

प्रदेश सदस्य चयन गरे पनि सम्मेलनबाट पदाधिकारी भने चयन भएका छैनन् । आकांक्षी बढी भएकाले पदाधिकारी छनोट हुन नसकेको नेताहरू बताउँछन् । प्रदेश सदस्यहररूको पहिलो बैठकले पदाधिकारी टुंगो लगाउने गरी सम्मेलन सम्पन्न भएको बताईएको छ ।

शनिबारदेखि सुरु भएको प्रदेश अधिवेशन आइतबार बेलुका सक्ने कार्यसूची थियो । तर प्रदेश कमिटीमा जाने आकांक्षी धेरै भएपछि अधिवेशन मंगलबार राति सम्पन्न भएको हो । प्रदेश अध्यक्षका लागि पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाही, निवर्तमान अध्यक्ष राजकुमार शर्मा र विमला केसीलगायतको नाम चर्चामा थियो ।

प्रथम प्रदेश सम्मेलनले प्रदेश सदस्यहरूबाट नै अध्यक्ष चुन्ने मापदण्ड निर्माण गरेको छ । केन्द्रीय सदस्यहरूबीच अध्यक्षमा सहमति जुट्न नसकेपछि अब प्रदेश समिति सदस्यहरूबाट नै अध्यक्षसहितका पदाधिकारी चुन्ने विधि तय गरिएको हो ।

निर्वाचित प्रदेश समितिको आकार २११ सदस्यीय हुने र १० प्रतिशत सदस्य मनोनित गर्ने व्यवस्था गरिएको छ । माओवादी केन्द्रले प्रदेश समितिमा महिला ३५, दलित २५, युवा २० र अल्पसंख्यक पाँच प्रतिशत समेट्ने गरी विधान निर्माण गरेको जनाएको छ ।

प्रकाशित मिति: बुधबार, मंसिर २९, २०७८  १०:१२
प्रतिक्रिया दिनुहोस्