Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

माओवादी केन्द्र कर्णाली प्रदेश अध्यक्षमा बिमला के.सी.

२९ मंसिर, २०७८
tribeni2

सुर्खेत / नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश कमिटीको अध्यक्षमा बिमला के.सी.चयन हुनुभएको छ ।

आज भर्खरै मात्र सम्पन्न कर्णाली प्रदेश कमिटीको बैठकले उहाँलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।

हिजो मंगलबार कर्णाली प्रदेशको प्रथम अधिबेशनले २११ सदस्यिय प्रदेश कमिटी चयन गरेको थियो । उक्त कमिटीको आज बसेको पहिलो बैठकले बिमला के.सी.लाई चयन गरेको हो ।

रुकुम पश्चिम निवासी बिमला के.सी. नेकपा माओवादी केन्द्र प्रदेश कमिटीको पहिलो महिला अध्यक्ष हुनुहुन्छ । अन्य पदाधिकारीहरुको बिषयमा छलफल भैरहेको बताइएको छ ।

प्रकाशित मिति: बुधबार, मंसिर २९, २०७८  १७:१२
प्रतिक्रिया दिनुहोस्