Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

घुस लिएको आरोपमा शिक्षा इकाइ प्रमुखलाई कार्यालयमै कालोमोसो दलियो

घुस अझै फिर्ता नगरे थप कारबाही गर्ने चेतावनी
२०७८ मंसिर २९
tribeni2

कालिकोट / घुस लिएको आरोपमा शिक्षा विकास तथा समन्वय इकाइ कालिकोटका प्रमुखलाई नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताले कालोमोसो लगाएका छन् ।

इकाई प्रमुख महेशदत्त देवकोटालाई बुधबार दिउँसो कार्यालय समयमा समूहमा आएका अनेरास्ववियू (क्रान्तिकारी) र युवा संगठनका कार्यकर्ताले कालोमोसो दलेका हुन् ।

संगठनका जिल्ला अध्यक्ष महेशले आज जारी गरेको बिज्ञप्तीमा बारम्बार इकाइ प्रमुखलाई सच्चिन आग्रह गरेको तर नमानेपछि कालोमोसो दल्न बाध्य भएको उल्लेख छ ।

शिक्षकबाट घुस लिएको पैसा तत्काल फिर्ता गर्न आग्रह गरेपनि प्रमुखले नमानेपछि उक्त कारबाही गरिएको उल्लेख छ । शिक्षकबाट लिएको घुस अझै फिर्ता नगरे थप कारबाही गर्ने चेतावनी समेत बिज्ञप्तीमा दिईएको छ ।

बिज्ञप्तीमा स्थायी शिक्षक सरुवा गर्दा एक लाख पचास हजार सम्म घुस लिएको, भ्रष्ट प्रधानाध्यपकलाई संरक्षण गरेको, शिक्षकहरुलाई राजनीतिक आस्थाको आधारमा सरुवा गरेको, अहिले सम्म कुनै पनि बिद्यालयको अनुगमन तथा निरिक्षण नगरेको र बिद्यालयका विवादहरु घुस खाएर मिलाउने गरेको आरोप लगाइएको छ ।

प्रकाशित मिति: बुधबार, मंसिर २९, २०७८  २०:१२
प्रतिक्रिया दिनुहोस्