Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

पुथाको राजश्व अव सफ्टवेयर मार्फत संकलन हुने

२०७८ पुस १
tribeni2

रुकुम पूर्व / रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकाले राजश्व संकलन सफ्टवेयर प्रणालीबाट गर्ने भएको छ । गाउँपालिकामा राजश्व संकलन प्रणालीलाई चुस्त, दुरुस्त र अध्यावधिक बनाउने उद्धेश्यका साथ सफ्टवेयर प्रणाली सुरु गर्न लागिएको गाउँपालिकाले जनाएको छ ।

राजश्व संकलनमा सफ्टवेयर प्रणाली अपनाउँदा झण्झट नबेहोर्नुपर्ने जनाईएको छ । उक्त कार्यका लागि गाउँपालिका अन्तरगत रहेका १४ वटै वडाका कर्मचारीहरुलाई राजश्व सफ्टवेयर सम्बन्धि तालिम प्रदान गरिएको गाउँपालिका लेखापाल नवराज खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार मंसिर २८ र २९ गते १४ वडामा रहेका १६ जना कर्मचारीहरुलाई यस विषयमा सिकाइएको हो ।

गाउँपालिकाको आयोजनामा सन्चालन गरिएको तालिममा मेट्रिक्स सफ्टटेक प्राली काठमान्डौँको प्राविधिक सहयोग रहेको थियो । वडामा कार्यरत कर्मचारीलाई तालिम दिइएकाले अव पौष महिनाको पहिलो साताबाटै सफ्टवेयर प्रणाली मार्फत नै राजश्व संकलन हुने लेखापाल खड्काले जानकारी दिनुभयो । सूचना प्रविधिको सदुपयोग गर्दै कामकाजको सहजताका लागि यो प्रणाली उत्तम हुने उहाँको भनाई छ ।

गाउँपालिकाले चालु आर्थिक वर्ष ०७८/७९ मा ५० लाख रुपैँया राजश्व संकलन गर्ने लक्ष्य लिएको छ । लक्ष्य पुरा हुने गरी राजश्व संकलन गर्ने गाउँपालिकाले जनाएको छ । यस्तै अवदेखि विकास निर्माणका योजनाहरुको सम्झौता र भुक्तानी प्रक्रिया पनि सफ्टवेयर मार्फत नै गर्ने गाउँपालिकाले तयारी गरेको छ ।

प्रकाशित मिति: बिहीबार, पुस १, २०७८  ०८:१२
प्रतिक्रिया दिनुहोस्