Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रक्षामन्त्रीद्वारा प्रधानमन्त्री समक्ष राजीनामा

tribeni2

काठमाण्डौ/ नेपाल सरकारका रक्षामन्त्री मिनेन्द्र रिजालले पदबाट राजीनामा दिनुभएको छ । १४ औँ महाधिवेशनमा नेपाली कांग्रेसको महामन्त्रीमा उम्मेदवारी दिनुभएका रिजालले पराजित भएपछि राजीनामा दिनुभएको हो ।

पराजित भएको नतिजा बाहिरिय लगतै उहाँले आज बिहीवार प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा बुझाउनुभएको छ । यसअघि मन्त्री रिजालले मतगणना भइरहँदा नै राजीनामा दिने घोषणा गर्नुभएको थियो ।

१४ औँ महाधिवेशनबाट नेपाली कांग्रेसको महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा विजयी हुनुभएको छ ।

प्रकाशित मिति: बिहीबार, पुस १, २०७८  १६:१२
प्रतिक्रिया दिनुहोस्