Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

एक सय ९८ किसानका उत्पादन रुकुमकोटमा प्रदर्शनी

२०७८ पौष, २
tribeni2

रुकुम पूर्व/रुकुमकोटमा बिहिवार देखि बृहत कृषि प्रदर्शनी मेला सुरु भएको छ । सिस्ने गाउँपालिका ६ छिप्रीदहमा मेला सुरु भएको हो । हिजो मेलामा भाग लिने कृषकहरुको नाम मात्र दर्ता गरिएको छ । बृहत कृषि प्रदर्शनी मेलाको लागि जिल्लाका १ सय ९८ जना कृषकले आफ्नो नाम दर्ता गएका छन् ।

हिजो नाम दर्ता गराएका सबै कृषकहरुले आज देखि मेलामा आफुले उत्पादन गरेका कृषि उपजहरु प्रदर्शन गर्ने छन् । कृषकहरुको उत्पादनलाई ११ वटा विधामा राखेर हेरिने एकीकृत कृषि तथा पशुपन्छि विकास कार्यालयले जनाएको छ । कार्यालयका कृषि अधिकृत थलराज बस्नेतका अनुसार कृषि उपजका विधाहरु नगदे बाली, तरकारी बाली, फलफुल बाली, खाद्यान्न बाली, दलहन, रैथाने बाली रहेका छन् । यसैगरी तेलहन बाली, मौरी, माछा, पशुपन्छि र मसला बालीलाई छुट्टाछुट्टै रुपमा मुल्याङ्कन गरिने छ ।

यी ११ विधामा प्रथम, दोस्रो, तेस्रो र सान्तवना स्थान हासिल गर्ने कृषकहरुलाई नगद पुरस्कारसहित प्रमाणपत्रले पुरस्कृत गरिने कृषि अधिकृत बस्नेतले बताउनुभयो । कृषकहरुले यी सबै विधामा आ–आफ्नो नाम दर्ता गराएका छन् । देखेपछि केहि सिकिन्छ भन्ने अवधारणा अनुरुप कृषि प्रदर्श मेलाको आयोजना गरिएको बताइएको छ । राम्रो काम गरेकालाई पुरस्कृत गरिने र अन्यलाई पनि काम गर्नुपर्दो रहेछ भन्ने भावना जगाउनु नै यस मेलाको मुख्य उदेश्य रहेको कृषि अधिकृत बस्नेतले बताउनुभयो ।

निर्वाहमुखी खेती प्रणालीलाई व्यवसायिक खेतीमा रुपान्तरण गर्ने उदेश्य पनि यस कार्यक्रमको छ । एकीकृ कृषि तथा पशुपन्छि विकास कार्यालय रुकुम पूर्व सँगै सिस्ने गाउँपालिका, घरेलु तथा साना उद्योग कार्यालय र हुरेड कार्स रुकुम पूर्वले संयुक्त रुपमा कृषि प्रदर्शनी मेलाको आयोजना गरेका हन् । हिजो बिहिबार देखि संचालन भएको यो प्रदर्शनी मेला आज शुक्रबार सम्म चल्ने छ ।

प्रकाशित मिति: शुक्रबार, पुस २, २०७८  ०८:१२
प्रतिक्रिया दिनुहोस्